नक्कली नोट सहित हेटौँडा बाट एक जना पक्राउ

0
74

हेटौँडा,२१  पुस,
नक्कली नोट सहित हेटौँडाबाट प्रहरीले एक जना पक्राउ गरेको छ । प्रहरीले हेटौँडाको वडा नंबर १६ मा नंकली नोट भएको ब्यक्ति रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यक्तिलाई पक्राउ गरेको हो ।

हेटौँडा १६ मा रहेको एउटा चिया पसलमा नक्कली नोट साटन खोज्दै गर्दा सिमरा उपाहानगरपालिका वडा नंबर १६ बस्ने वर्ष ३१ को मनोज पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

पन्तको साथबाट एक हजार दरको ८ वटा अर्थात आठ हजार रुपैँया फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here