हेटौँडामा राष्ट्रिय कुस्ती, दुई खेलाडीले जिते स्वर्ण

0
71

हेटौँडा,२७ पुस, राखेप च्याम्पियतशिप अन्तर्गत हेटौमा आज देखि सुरु भएको १३ औ राष्ट्रिय महिला तथा पुरुष कुस्तीमा दुई स्वर्ण पदको टुंगो लागेको छ । १६ वटा स्वर्ण पदका लागिभएको प्रतियोगितामा ६९ केजीमा झापाकी सदिक्षा राई र ४५ केजी मा सुनसरीकी आशा कुमारी खत्वेले स्वर्ण पदक प्राप्त गरेका हुन ।

उनीहरुले आफ्नो तौल समूहमा अन्य खेलाडी नभए पछि स्वर्ण पदक पाएका निर्णायक विद्यासागर पोखरेलले जानकारी दिनु भएको छ । अन्य तौल समूहको आज पहिलो चरणका खेलहरु सम्पन्न भएका छन । भोली दोस्रो चरण तथा फाईनल खेल हुनेछन । मकवानपुरमा पहिलो पटक भएको कुस्तीमा १९ जिल्ला र नेपाली सेना र नेपाल प्रहरीवाट १७ जना महिला र ४५ जना पुरुष खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन हेटौडा उपमहानगरपालिकका प्रमुख हरि वहादुर महतले गर्नुभएको थियो । नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणाको अध्यक्षतामा कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष मधाव तिमल्सिना तथा कुस्ती संघका सदस्य सुजन खतिवडाले मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here