२४ बर्षको ढकमक्क फुलेको उमेर मै दैवले खोसेर लग्यो अस्मितालाई….

0
81

शुक्रबार, माघ १९, २०७४
इलामको सुर्योदय नगरपालिका फिक्कलमा मोटरसाइकल दुर्घटनामा परि आज २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाम चमैताकी २४ बर्सिया अस्मिता राई र ब्यास नगरपालिका तनहुका २८ बर्सिया सरद पौडेल रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।पौडेलको घटनास्थलमै र अस्मिता राइको उपचारको लागि झापाको बि एन्ड सि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

ग १२ प ४८३ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाइ फिक्कलको शिखर होटेल अगाडी बाटो क्रस गर्ने क्रममा पछाडिबाट आउदै गरेको मे १ ख १९४२ नम्बरको ट्रकले ठक्कर दिएको थियोे । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here